TodayPati

धनुषामा टिपर र बस ठोक्कियो, १७ जना घाइते, टिपरचालक फरार

टुडेपाटी-
जनकपुरधाम, वैशाख ५ गते ।

धनुषामा टिपर र बस एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०३–००१ क ०६९० नं. को टिपर र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख. ६६९१ नं. को बस मिथिला नगरपालिका ९ स्थित एक आपसमा शनिबार दिउँसो ठोक्किएको हो ।

दुर्घटनामा बसमा सवार १७ जना यात्रु घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार बसमा ३० जना यात्रु सवारी थिए । जस मध्ये १ जना काठमाडौं बस्ने वर्ष ४२ को केशव संग्रौलाको अवस्था गम्भीर रहेको छ ।

Sponsored

अन्य १६ जनाको अवस्था समान्य रहेको र सबैको उपचार लालगढ स्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुबै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ । टिपर चालक दुर्घटना लगतै फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी मिश्रले बताए ।

दुर्घटनामा घाइतेहरुको विवरण

Sponsored

१. काठमाडौं बस्ने अ. वर्ष ४२ को केशव संग्रौलाको दुबै खुट्टा र हातमा चोट अवस्था गम्भिर
२. जि. पर्सा रानीघाट ८ बस्ने अ. वर्ष ४० को नन्दु बैठाको दाहिने कुम्भ र टाउकोमा चोट अवस्था मध्यम
३. जि. मोरंङ्ग विराटनगर ४ बस्ने अ. वर्ष ४५ को बद्री भुजेलको शरीरमा चोट अवस्था समान्य
४. जि. सप्तरी हरीपुर चितामन ७ बस्ने अ. वर्ष ३० कि आशा देवी चौधरीको शरीरमा चोट अवस्था मध्यम
५. जि. सप्तरी कञ्चनपुर ७ बस्ने अ. वर्ष ४० को महिनारायण पंडित बाया हातमा चोट र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम
६. जि. सर्लाही बागमती न.पा. ८ बस्ने अ. वर्ष १३ कि पर्वता ठकुरीको टाउकोमा चोट अवस्था मध्यम
७. जि. सर्लाही हरिपुर न.पा. १ बस्ने अ. वर्ष ४८ कि यम कुमारी खडकाको दुबै हात र खुट्टामा चोट अवस्था मध्यम
८. जि. सर्लाही हरिवन न.पा. २ बस्ने रञ्जु महराको छोरा वर्ष अ. वर्ष ५ को सुजित महराको वाया खुट्टा शरीरमा चोट अवस्था मध्यम
९. जि. सर्लाही हरिवन न.पा. २ बस्ने रञ्जु महराको छोरा अ.वर्ष ७ को अभिषेक महराको शरीरमा भित्री चोट अवस्था समान्य
१०. जि. सर्लाही बागमति न.पा. ४ बस्ने अ.वर्ष ४० कि राम प्यारी देवी महतोको २ दुबै खुट्टामा चोट अवस्था मध्यम
११. जि. सर्लाही ईश्वरपुर न.पा. ५ बस्ने सती देवी महतोको छोरी अ. वर्ष ९ कि सोनु कुमारी महतोको शरीरमा भित्री चोट अवस्था मध्यम
१२. जि.पर्सा विरगंज १४ बस्ने अ. वर्ष ३७ कि अस्मिता पटेलको दुबै हातमा चोट अवस्था समान्य
१३. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष १४ कि सम्झना पटेलको टाउकोमा चोट अवस्था समान्य
१४. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष १० को आयुष पटेलको खुट्टामा चोट अवस्था समान्य
१५. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष ९ को अंश पटेलको शरीरमा चोट अवस्था समान्य
१६. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष १४ को रितेश पटेलको शरीरमा चोट अवस्था समान्य
१७. जि. सिरहा गोलबजार बस्ने अ. वर्ष १२ कि रुपा शाही ठकुरीको दुबै हात र टाउकोमा चोट अवस्था समान्य

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *