बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव धरौटीमा रिहा
टुडेपाटी-
नयाँदिल्ली, वैशाख ४ गते ।
भारतको बहुचर्चित चारा घोटाला मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका छन् ।
झारखण्ड उच्च अदालतका न्यायाधीश अपरेशकुमार सिंहको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । कोषको रकम हिनामिना गरेको छुट्टाछुट्टै चार मुद्दामा उनलाई जेल चलान गरिएको थियो । यसअघि नै उनीमाथिका तीनवटा मुद्दामा धरौटीमा रिहा गर्न अदालतबाट आदेश भइसकेको छ ।
लालु यादव अहिले दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत छन् । जनवरीको दोस्रो साता फोक्सोमा भएको संक्रमणका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई राँचीस्थित रिम्समा उपचारका लागि लगिएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि जेल प्रशासनले उनलाई थप उपचारका लागि एम्समा पठाउने निर्णय गरेका थिए । त्यसपछि अहिलेसम्म एम्समा उनी चिकित्सकीय निगरानीमा रहेका छन् । एजेन्सी
Sponsored