कोरोना बारे भ्रम फैलाउने जाकोहीलाई कानून अनुसार कारबाही गर्ने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौं, चैत ५ गते ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस सम्बन्धी सर्बसाधारणहरुमा भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड(१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।
भाइरसबारे कुनै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले गरेको हो ।
यसअघि मलेसियामा कोरोना सम्बन्धी भ्रम फैलाएको आरोपमा एक व्यक्तिलाई एक वर्ष जेल सजाय तोकिएको थियो ।
Sponsored