TodayPati

प्रदेश २ को नाम र राजधानी तोक्न प्रस्ताव दर्ता आह्वान

टुडेपाटी-
जनकपुरधाम, वैशाख ३ गते ।

प्रदेश २ को नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेको हो ।

सो सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म सचिवालयमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको हो । 

Sponsored

नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ ।

यसअघि २०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । 

प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी तीनवटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो । तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरूमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ मत आउन सकेन । 

Sponsored

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए ।

तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो ।

प्रदेश २ सरकार गठन भएको तीन वर्षभन्दा बढी समय भए पनि नाम र राजधानीको विषय भने अहिलेसम्म टुंगिएको छैन । यसकारण 

प्रदेश सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *