TodayPati

कोरोनाका कारण सिनेमा हल, जिम र डान्स बार बन्द गर्न सरकारको निर्णय

टुडेपाटी-
काठमाडौं, चैत ५ गते ।

नोवेल कोरोना भाइरस (कोभिड-१९ ) का कारण सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

बुधबार ३० अप्रिलसम्मका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको हो ।

Sponsored

‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’ निर्णयको २ नं। बुँदामा भनिएको उल्लेख गरिएको छ ।

यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *