TodayPati

कोरोना महामारीले भयानक रुप लिएपछि दिल्लीमा फेरि कर्फ्यु लगाइयो

एजेन्सी

जनपकपुरधाम, वैशाख २ गते ।

कोरोना महामारी भयानक रुपमा फैँलिदै गएपछि भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा निषेधाज्ञा जारी गरिएको छ ।

Sponsored

कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

‘कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यु लगाउनुपर्ने निष्कर्षमा हामी पुगेका हौँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ।

सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे ।

Sponsored

गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना सङ्क्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती मध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

भारत देशभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएको बुधबार पहिलो पटक हो ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका जनाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *