प्रदेश २ मा आज सार्वजनिक विदा
टुडेपाटी-
जनकपुरधाम, वैशाख २ गते ।
प्रदेश २ सरकारले नयाँ वर्षको स्वागतमा आज सार्वजनिक विदा दिएको छ ।
नयाँ वर्षको स्वागतमा मिथिलाञ्चल सहित तराई मधेशमा मनाइरहेको जुरशीतल पर्वको अवसरमा प्रदेश भरि आज सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिलामा तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै आज प्रदेश भर विदा रहेको जानकारी गराएका छन् ।
जुडशीतलको अवसरमा प्रत्येक वर्ष प्रदेश सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।
Sponsored