TodayPati

सिरहाको सल्हेश फूलबारीमा फूल्ने फूल वैशाख १ गते धनुषाको बटेश्वरको आँप रुखमा, हेर्नेको भीड

टुडेपाटी-
जनकपुरधाम, वैशाख २ गते ।

प्रत्येक नयाँ वर्ष वैशाख १ गते सिरहाको प्रसिद्धि सल्हेश फूलबारीमा फूल्ने फूल धनुषाको बटेश्वर गाउँपालिकामा पनि फुलेको फेला परेको छ ।

बटेश्वर गाउँपालिलका १ लक्ष्मीनिबास सोनापुरका विजुली पासवानको बारीमा रहेको आँपको रुखमा वैशाख १ गते उक्त फूल फुलेको हो ।

Sponsored

सल्हेश फुलबारीमै फुल्ने फूल आँपको रुखमा फुलेपछि स्थानीयहरु अचम्मित भएका छन् । दैवीक शक्तिकै कारण सल्हेश फूलबारीको फूल वैशाख १ गतेमै फुलेको स्थनीयको धार्मिक विश्वास रहेकोे छ ।

फूलेको फूल हेर्न हिजोदेखि नै वरपरका गाउँलेहरु अाउने जाने गरेका छन् ।

उक्त फूल चारवर्षदेखि वैशाख १ गते नै फूल्ने गरेपनि यसपटक मात्र अरुलाई जानकारी गराएको विजुलीको भनाइ छ ।

Sponsored

पहिलेदेखि नै प्रत्येक नयाँ वर्षको दिन फुल्दा खासै वास्ता नगरेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *