TodayPati

प्रदेश २ मा बुधबार थपिए ३१ कोरोना संक्रमित, पर्सामै २३ जना

टुडेपाटी-
जनकपुरधाम, वैशाख १ गते ।

प्रदेश २ मा बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी पर्सामा २३ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देनालयले जनाएको छ ।

महोत्तरीमा ३ जना, धनुषा र बारमा २–२ जना र रौतहटमा १ जनामा कोरोना संक्रण पुष्टि भएको हो । यसअघि मंगलबार ५६ जना कोरोना संक्रमित फेला परेका थिए ।

Sponsored

निर्देशनालयका अनुसार हालसम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १९२ जना रहेको छन् । जसमा १३० जना पुरुष र ६२ जना महिला छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *