आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्री ओलीको घोषणा
टुडेपाटी-
काठमाडौं, वैशाख १ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो बजेटमा सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् । उनले साजिक सरक्षा भत्ता लिनेको संख्या पनि निरन्तर बढ्दै गएको बताए ।
नयाँ वर्षको अवसरमा आज देशबासीलाई नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
‘महिनाको एक सयबाट सुरू गरिएको सामाजिक सुरक्षा भत्ता अहिले दिनको एक सय रूपैयाँ पुगेको छ,’ उनले भने । आगामी बजेटमा सामाजिक सुरक्षा बढाउने उनले बताए ।
उनले श्रमिकहरूका लागि सामाजिक सुरक्षान योजना महत्वपूर्ण रहेको बताए ।
Sponsored