TodayPati

इन्डोनेसियामा भयानक आँधी : १ सय ७८ जनाको ज्यान गयो, ४७ जना अझै बेपत्ता

एजेन्सी-

जनकपुरधाम, वैशाख १ गते ।

इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा ‘सेरोजा’ आँधीको कारण १ सय ७८ जनाको मृत्यु भएको छ। सोमबार आएको भिषण आँधीमा परेर अन्य ४७ जना हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन्।

Sponsored

सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइले भिषण आँधीले ठूलो जनधनको क्षति गरेको जानकारी दिए।

इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोमा परे दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो भने सयौंको संख्यामा विस्थापित भएका थिए।

यद्यपी त्यहाँको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन्।

Sponsored

हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८ सय ९५ जना बसिरहेका छन। यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए।

इन्डोनेसियामा बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *