प्रदेश २ मा ५६ जना कोरोना संक्रमित फेला
टुडेपाटी–
जनकपुरधाम, चैत ३१ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको बिभिन्न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ४ जनाको परीक्षण गर्दा २ र नारायणी अस्पताल बीरगंजमा ९५ जनाको परीक्षण गर्दा ४० जना संक्रमित देखिएको निर्देशनालयले जनाएको छ ।
Sponsored