रमदैयामा मदिराबाट मृत्यु भएका १४ जनाको परिवारलाई सांसद महतोको जनही १० हजार राहत
टुडेपाटी –
जनकपुरधाम, चैत ५ गते ।
नेकपाका प्रदेश सांसद सत्रुधन महतोले धनुषामा मदिरा सेवनबाट मृत्यु भएका १४ जनाको परिवारलाई राहत प्रदान गरेका छन् ।
धनुषाको क्षरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ मदैयामा घरेलु विषाक्त मदिरा सेवनबाट मृत्यु भएका १४ जनाको परिवारलाई सांसद महतोले नगद १० हजार रुपैयाँको दरले राहत प्रदान गरेका हुन् ।
मंगलबार विहान रमदैया बस्तीमा पीडितहरुको घर घरमै पुगेर संवेदना प्रकट गर्दै राहत स्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरे । राहत वितरण गर्न नेकपाकी प्रदेश सांसद सारदाता थापा समेत पुगेकी थिइन् ।
धनुषामा मदिरा सेवनबाट २१ जनाको मृत्यु भएपछि गएको आइतबार प्रदेशसभा बैठकमा सांसद महतोले प्रदेश २ लाई मदिरा मुक्त बनाउनु पर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका थिए ।
Sponsored