लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा डकैती, दुईजना घाइते
टुडेपाटी-
सिरहा, चैत ३० गते ।
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ ।
लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो ।
लहान-७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा साँझ लुटपाट भएको प्रहरीले जनाएको छ ।
लहानका सुनचाँदी व्यापारीको लहान नगरपालिका–७ स्थित घरमा डकैती भएको छ। हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका छन्। प्रतिकार गर्दा दुबैलाई आक्रमण गरी घाइते बनाएको छ।
लुटेराहरुले सारडारो बा १० च ९३०२ नम्बरको कार पनि लुटेर लगेका छन् । घरमा पार्किङ गरी राखिएको जिपको साँचो बलजफ्ती लिएर हतियधारी डाका समूह भागेको भगिरथ सारडाले बताए। उनका अनुसार घर भित्र तीन जना हतियारधारी समूह प्रवेश गरेका थिए ।
Sponsored
आफूहरू अहिले खोजबिन तथा अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।
लहानमा पछिल्लो एक सातामा तीनवटा लुटपाट तथा डकैतीका घटना घटेका छन् । बढ्दो लुटपाट तथा डकैतीका घटनाले यहाँका सर्वसाधारण त्रासमा छन् ।