TodayPati

भारतीय सर्वोच्च अदालतका आधा कर्मचारी कोरोना संक्रमित, न्यायाधीशहरुले घरबाटै काम गर्ने

टुडेपाटी-

नयाँदिल्ली, चैत ३० गते ।

भारतको सर्वोच्च अदालतका न्यायाधीशहरुले घरबाटै काम गर्ने भएका छन् । अदालतका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार न्यायाधीशले घरबाटै काम गर्ने निर्णय गरेका हुन् ।

Sponsored

अदालतको कक्ष र परिसरलाई अहिले स्यानिटाइज गर्ने कार्य जारी रहेकाले नियमित समयभन्दा एक घण्टा ढिलो गरी काम सुरु हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।

अदालतका कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि अवस्था जोखिमपूर्ण बन्दै गएको छ । गत वर्ष ६ न्यायाधीशमा संक्रमण भेटिँदा भएको जस्तो अवस्था आउन नदिन अत्यन्त सावधानी अपनाउनुपर्ने उल्लेख गरेका छन् । टाइम्स अफ इन्डियाबाट 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *