TodayPati

जनकपुरधाम उद्योग वाणिज्य संघ चुनाव : मतगणनास्थलमा प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणनामा मत बढी आएको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका छन् ।

शनिवार गोपाल धर्मशालामा सम्पन्न निर्वाचनमा संघमा ५ हजार २७ मतदाता आबद्ध रहेकोमा चार हजार तीन सय ११ जनाले मतदान गरेका थिए ।

Sponsored

आइतबार बिहान १० बजेपछि वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले मतदानभन्दा बढी मत फेला परेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

विवाद बढ्दै जाँदा अवस्था तनावग्रस्त बनेपछि व्यापक संख्यामा नेपाल तथा शसस्त्र प्रहरी मतगणना स्थल गोपाल धर्मशालामा तैनाथ गरेको थियो । विवादित समूहका पक्षधरले निर्वाचन समितिको विरोध गर्दै टायर बालेर निर्वाचन समिति विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गर्नुका साथै ढुंगामुढा समेत प्रहार गरेका छन् ।

प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठी चार्ज समेत गरेका थिए । सो लाठी चार्जबाट ३÷४ जना प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरुले मतदान ४३११ मात्र भएकोमा मतपरिणाम ४४ भन्दा बढी देखिएको कारण विवाद भएको बताएका छन् ।

Sponsored

निर्वाचन समिति श्रोतका अनुसार मतगणनामा मनिष रमण साहले अग्रता लिएपछि प्रतिष्पर्धी उम्मेदवार भण्डारी पक्षका व्यक्तिहरुले डेढ सय मत बढी भएको भन्दै विवाद उत्पन्न गरेको हो । समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका मतगणना असन्तुष्ट पक्षको विवादको कारण हाल अवरुद्ध छ ।

उनले भने ‘हामीले पुनः मतगणना गर्न असन्तुष्ट पक्षलाई भनिरहेका छौं । तर उनीहरु मतगणना होइन पुनः निर्वाचनमै जानुपर्ने अडान राखेकोले विवाद समाधान हुन सकेको छैन ।’

यता अध्यक्ष पदमा जितेन्द्र महासेठ एक हजारभन्दा बढी मतले विजयी घोषित भइसकेको छ । अन्य पदको मतगणना जारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *