TodayPati

म्यानमारमा सैनिक ज्यादती : एकै दिन ८० जना भन्दा बढिको हत्या, शव पनि छोडेनन्

एजेन्सी-

जनकपुरधाम, चैत २९ गते ।

म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजले सयौँ राउण्ड गोली प्रहार गरेको छ ।

Sponsored

सुरक्षाकर्मीले बागो शहरमा ८० जना भन्दा बढिको हत्या गरेको प्रजातन्त्रवादी अभियन्ताहरुले बताएका छन् ।

सैनिकले हत्या गरिएकाहरुको शव पनि लिएर गएको बताइएको छ । हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले राइफलसहितका हतियार प्रयोग गरेका थिए । उनीहरुले आफ्नो मार्गमा पर्ने सबैमाथि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Sponsored

गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता प्रदर्शन हुँदै आएको छ । अहिलेसम्म सुरक्षाकर्मीको ज्यादतीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको छ ।

आफ्नो शक्ति कायम गरिरहनका लागि सैनिकले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।

याङ्गुनको प्रमुख शहर बागोमा सेनाले शुक्रबार हत्याको शृङ्खला कायम गरेको हो । स्थानीय बासिन्दालाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना सार्वजनिक हुन पूरै एक दिन भन्दा बढिको समय लागेको हो ।

ज्यान गुमाउनेको वास्तविक संख्या बाहिर आए भन्दा धेरै हुन सक्ने अनुगमन समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यम म्यानमार नाव न्यूजलाई प्रत्यक्षदर्शीले शुक्रबारको घटनालाई नरसंहारसँग तुलना गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *