प्रदेश २ : सोमवार प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।
करिब ६ महिनापछि सोमवार प्रदेश २ सभाको बैठक बोलाइएको छ ।
प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन सुरु गर्न लागिएको हो ।
चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।
Sponsored
नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।
पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलहरूसँग छलफल भइरहेको यादवले जानकारी दिए ।