TodayPati

आईपीएलको पहिलो खेलमा बेंगलोरको जित

टुडेपाटी-
जनकपुरधाम,चैत २८ गते ।

इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ ।

चेन्नईको चिदम्बरम् रंगशालामा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

Sponsored

१६० रनको लक्ष्यका साथ मैदान पसेको बैंगलोरले आठ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य भेट्टाएपछि जित निकालेको हो ।

बैंगलोरको जितका लागि एबी डेबिलियर्सले ४८ रन बनाए भने ग्लेन म्याक्सवेलले ३९ रन जोडे । त्यस्तै, विराटको कोहली र वासिंटन सुन्दरले क्रमशः ३३ र १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका लागि जसप्रित बुमराह र मार्को जानसेनले समान २–२ विकेट लिए । ट्रेन्ट बोल्ट र क्रुणल पाण्ड्याले समान १–१ विकेट गिराए ।

Sponsored

त्यसअघि ब्याटिङ गरेको मुम्बईले क्रिस लिन, सूर्यकुमार यादव र ईशान किसनले क्रमशः ४९, ३१ र २८ रन बनाएका थिए ।

बैंगलोरका हर्ष पटेलले सर्वाधिक पाँच विकेट गिराउँदा वासिंटन सुन्दरले एक र केलिय ज्यामिसनले पनि एक विकेट गिराएका थिए ।

जितसहित बैंगलोरले २ अंक जोडेको छ । आईपीएलअन्तर्गत शनिबार चेन्नई र दिल्ली क्यापिटल भिड्दैछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *