धनुषामा शैलेन्द्र यादवको अध्यक्षतामा युवा संघको एक सय ५१ सदस्यीय जिल्ला कमिटी गठन
टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते ।
एमालेको भातृ संगठन युवा संघ नेपालले धनुषामा शैलेन्द्र कुमार यादवको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।
हिजो जनकपुरमा आयोजित जिल्ला स्तरिय भेला कार्यक्रमबाट उपाध्यक्षमा प्रदीप बुढाथोकि,सचिवमा अपराजय मण्डल, सहसचिवमा शनि भगत, कोषाध्यक्षमा जितेन्द्र कुमार मण्डल र कार्यालय सचिवमा इन्दल शर्मा सहित १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेल, एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद साह, एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद रविन्द्र बैठा, एमालेका केन्द्रीय सदस्यहरु यदुबंश झा, रत्नेश्वर लाल गोइत, सुधीर प्रसाद साह,प्रदेश कमिटी सदस्यहरु चन्द्रदेव राउत, प्रेम माया श्रेष् लगायतका नेता कार्यकर्ता उपस्थित रहेको एमाले नेता हरि पौडेलले जानकारी दिए ।
Sponsored