प्रदेश २ को माओवादी संसदीय दलको नेतामा भरत साह चुनिए, एमालेमा गएका सांसदलाई कार्बाही
टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते ।
नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ ।
दलको नेतामा भरतप्रसाद साह, उपनेतमा सांसद जगत यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्ण चुनिएको माओवादी केन्द्रले जनाएको छ ।
त्यसैगरि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिए ।
काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको बैठकले २४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने उनले बताए ।
Sponsored
संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो। समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद रहका छन् ।