आईपीएलको १४ औं संस्करण आजदेखि सुरु, पहिलो खेल मुम्बई र बैंगलोरबीच हुँदै
टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ ।
आईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन् । खेल चेन्नईस्थित एम ए चिदंबरम स्टेडियमा साँझ पौने ८ बजे सुरु हुनेछ ।
मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रँदा विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कमान सम्हाल्नेछन् ।
मुम्बई र बैंगलोरबीच भएको २७ खेलमा मुम्बईले १७ र बैंगलोरले १० पटक जित हात पारेका छन् । यी दुईबीचको खेलमा मुम्बईले सर्वाधिक २ सय १३ रन बनाउँदा १ सय १५ रनको कम स्कोर बनाएको छ। यता बैंगलोरले भने २ सय ३५ रनको हाइ स्कोर बनाउँदा १ सय २२ रनको कम स्कोर बनाएको छ ।
कोरोना भाइरसको महामारीको कारण गतवर्ष सिधै खेल सुरु गरि पनि यो पटक उद्घाटन समारोहको आयोजना गरिएको छ । सो समारोह साँझ पौने ७ बजे सुरु हुनेछ ।
Sponsored
भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले सन् २०१३ मा मुम्बईलाई पहिलो उपाधि जिताएका थिए । रोहितको कप्तानीमा मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो ।
मुम्बई आईपीएलको उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा छ ।