TodayPati

प्रदेश २ को राजधानी जनकपुरकालागि मतदान सुरु, दुइ तिहाइ नपुगे वीरगंजकालागि मतदान हुने

टुडेपाटी
जनकपुरधाम, चैत ४ गते ।

प्रदेश २ को स्थायी राजधानी तय गर्न प्रदेशसभामा मतदान सुरु भएको छ । दल तथा सांसदहरुले प्रस्तव गरेको गरेको तीवटा नाममध्ये नेपाल कमयुनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्य नरायण मण्डल, नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद परमेश्वर साहले संयुक्त रुपमा प्रदेशसभामा पेश गरेको जनकपुर राजधानीकालागि मतदान सुरु भएको हो ।

तीनैजना सांसदले प्रस्ताव गरेको प्रदेशको राजधानी जनकपुरधाम अन्तर्गत मिथिला माध्यमिकी परिक्रमा ढल्केवर पुर्वपश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजासम्म क्षेत्रफल तोकिएको छ । अर्का सांसद सिंहासन सिंह कल्वारले विरगंज राजधानी प्रस्ताव गरेका छन् । उनले प्रस्ताव गरेको राजधानीमा वीरगंजको विंदवाशिनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर जिनगढ हुँदै सिम्रौनगढसम्म क्षेत्रफल तोकिएको छ ।

यस्तै काँग्रेस सांसद राजेश्वर प्रसाद साहले समेत वीरगंज महानगरपालिका क्षेत्रफल तोकेर राजधानी प्रस्ताव गरेका छन् । जनकपुर राजधानीको प्रस्ताव दुइ तिहाइ बहुमतले पास नभएपछि मात्र सांसदहरुले अर्को प्रस्तावमा मतदान गर्नेछन् । १ सय ७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा राजधानी टुंग्याउन ७२ जना सांसदको मत आवश्यक छ । यसअघि नामाकरणकालािग भएको मतदानमा प्रदेशसभामा पेश भएका चारवटै प्रस्ताव विफल भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “प्रदेश २ को राजधानी जनकपुरकालागि मतदान सुरु, दुइ तिहाइ नपुगे वीरगंजकालागि मतदान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *