फेसबुक ह्याक गर्ने पर्साका १४ वर्षीय किशोर पक्राउ, मुख्यमन्त्री राउतको ह्याकर को ?
टुडेपाटी-
जनकपुरधाम, चैत २४ गते ।
चर्चित कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा पर्साका एक १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ । बहुदरमाइ नगरपालिका ५ बस्ने १४ वर्षीय एकलाई पक्राउ गरिएको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा ती किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो ।
प्रदेश २ का फेसबुक ह्याकर भएको हुनाले केही महिनाअघि प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पनि ह्याक भएको थियो । उक्त घटना उनको संलग्नता हुन सक्ने भएकोले अनुसन्धानको विषय बनेको छ ।
Sponsored