प्रदेश २ नामाकरण : ‘मधेश प्रदेश’को प्रस्ताव पनि फेल, पक्षमा ६० मात्र
शैलेन्द्र क्रान्ति –
जनकपुरधाम,चैत ४ गते ।
प्रदेश २ को नामाकरणको लागि सत्तारुढ दलले प्रस्ताव गरेको ‘मधेश प्रदेश’ को प्रस्ताव पनि खारेज भएको छ । सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेश प्रदेश’ प्रस्तावमा ६० मत पक्षमा खसेको छ ।
विपक्षमा ४६ मत खसेको छ भने१मत बदर भएको छ ।
प्रदेश २ को प्रदेश सभामा १ सय ७ सदस्य संख्या छन् ।
नाम स्वीकृत हुन दुइतहाई बहुमत हुनुपर्छ । जसको लागि १ सय ७ सदस्य संख्या अर्थात मतको को ७२ मत अावश्यक पर्छ ।
नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए ।
Sponsored
यसअघि नेकपाको प्रस्तावित नाम ‘जानकी’ मा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो भने कांग्रेसको मिथिला भोजपुरा नामको पक्षा मात्र २८ र मध्य मधेशको पक्षमा ४२ मत खसेको पछि सबै प्रस्ताव खारेज भएको थियो ।
प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन् । नामको टुंगोपछि अाजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ । प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन् ।