प्रदेश २ नामाकरण : ‘मध्य मधेश ‘को पक्षमा ४२ मत, प्रस्ताव खारेज
टुडेपाटी–
जनकपुरधाम,चैत ४ गते ।
प्रदेश २ को नामाकरणको लागि नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद यादवले बागी भएर प्रस्ताव गरेको ‘मध्य मधेश’ को प्रस्ताव पनि खारेज भएको छ । मध्य मधेशको पक्षमा ४२ मत खसेको छ ।
प्रदेश २ को प्रदेश सभामा १ सय ७ सदस्य संख्या एवं मत मध्ये ४२ मत मात्र प्राप्त भएपछि मध्य मधेश नाम पनि अस्वीकृत भएको छ । नाम स्वीकृत हुन दुइतहाई बहुमत हुनुपर्छ । जसको लागि १ सय ७ सदस्य संख्या अर्थात मतको को ७२ मत अावश्यक पर्छ ।
यसअघि नेकपाको प्रस्तावित नाम ‘जानकी’ मा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो भने कांग्रेसको मिथिला भोजपुरा नामको पक्षा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो
नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र केही सांसदले मध्य मधेश नाम प्रस्ताव गरेका छन् । अब केही सांसदहरूले गरेको मध्य मधेशमा मतदान हुनेछ ।
दुईतिहाई बहुमत नपुगेसम्म क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ ।
Sponsored
प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन् । नामको टुंगोपछि अाजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ । प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन् ।