TodayPati

प्रदेश २ नामाकरण : कांग्रेसको प्रस्तावित नाम ‘ मिथिला भोजपुरा’ मा २८ मत , प्रस्ताव खारेज

टुडेपाटी-
जनकपुरधाम,चैत ४ गते ।

प्रदेश २ को नामाकरणको लागि दोश्रो पटक नेपाली कांग्रेसको  प्रस्तावित नाम  मिथिला भोजपुरा प्रदेशमा २७ मत खसेको छ ।  प्रदेश २ को प्रदेश सभामा १ सय ७ सदस्य संख्या एवं मत मध्ये २८ मत मत मात्र प्राप्त भएपछि मिथिला भोजपुरा  नाम पनि  अस्वीकृत भएको छ । नाम स्वीकृत हुन दुइतहाई बहुमत हुनुपर्छ । जसको लागि १ सय ७ सदस्य संख्या अर्थात मतको को ७२ मत अावश्यक पर्छ ।

यसअघि नेकपाको प्रस्तावित नाम ‘जानकी’ मा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको छ ।

Sponsored

नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र केही सांसदले मध्य मधेश नाम प्रस्ताव गरेका छन् । अब केही सांसदहरूले गरेको मध्य मधेशमा मतदान हुनेछ ।

दुईतिहाई बहुमत नपुगेसम्म क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ ।

प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन् । नामको टुंगोपछि अाजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ । प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *