TodayPati

माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्री ओलीको घोषणा

टुडेपाटी-
काठमाडौं, चैत २१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफुले राजीनामा दिने घोषणा गरेका छन् ।

शनिबार बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौती दिएका हुन् ।

Sponsored

‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न,’ ओलीले भने ।

ओलीले काठमाडौँमा बढी बिक्ने भनिएका राष्ट्रिय पत्रिकाले मेलम्चीको पानी आएको समाचार नदिने तर प्रधानमन्त्रीको राजीनामा मागियो भनेर हेडलाइन बनाउने गरेको भन्दै आक्रोश पोखेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *