TodayPati

मिर्चैया खानेपानी चुनाव : ८२.५६ प्रतिशत मतदान, साँझ ८ बजेदेखि मतगणना

विनय यादव

सिरहा, चैत २० गते

साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिर्चैयाको मतदान सम्पन्न भएको छ । मतदान विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म ८२.५६ प्रतिशत मतदान भएको छ ।

Sponsored

खानेपानीको कुल मतदाता संख्या २ हजार ४ सय ६१ रहेकोमा २ हजार ३२ मत खसेको निर्वाचन अधिकृत तथा सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए ।

खानेपानी संस्थाको नेतृत्वको लागि आगामी तीन वर्षे कार्यकालका लागि भएको चुनावमा लक्ष्य अनुसार मत खसेको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उनले बताए । आजै साँझ ८ बजेदेखि मतगणना हुने र अबेरसम्म परिणाम आइसक्ने निर्वाचन अधिकृत निरौलाले जनाए ।

खानेपानीको चुनावमा ९ पदका लागि ४१ जना प्रतिस्पर्धामा छन् । यसमध्ये अध्यक्ष पदका उम्मेदवार अंजय कुमार साह, राजेन्द्र साह, रामलोचन साह र दिलिप कुमार साहको प्यानलका ३६ जना छन् भन् ५ जना अन्य छन् ।

Sponsored

अध्यक्षमा विभिन्न राजनितीक दलबाट सातजना, उपाध्यक्षमा पाँचजना, सचिवमा चारजना, कोषाध्यक्षमा चारजना, सहसचिवमा चारजना, महिला सदस्यमा आठजना र खुला सदस्यमा नौजना गरी ४१ जनाको उम्मेदवारी छ ।

खानेपानीको कार्यसमितिमा अध्यक्ष एकजना, उपाध्यक्ष एकजना, सचिव एकजना, कोषाध्यक्ष एकजना, सहसचिव एकजना, महिला सदस्य दुई र खुला सदस्य २ जना गरी जम्मा ९ जना हुने व्यवस्था छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *