पूर्वी ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो, ७२ जना घाइते
टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।
पूर्वी ताइवानमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी शुक्रबार कम्तीमा ३६ जनाको मृत्यु भएको तथा ७२ जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ ।
समाचारमा जनाएअनुसार ट्रकलाई ठक्कर दिएपछि रेल सुरुङभित्र लिकबाहिर गइ दुर्घटना भएको हो । करिब ३ सय ५० यात्रु सवार रेलको केही डिब्बा सुरुङभित्रै रहेको र केही यात्रु अझै फसेको अधिकारीहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार बिहान करिब साढे नौ बजे सो दुर्घटना भएको हो । ताइवानका यातायातमन्त्रीले उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । हालसम्म करिब १ सय जनाको सकुशल उद्धार गरिएको बताइएको छ । एजेन्सी
Sponsored