प्रदेश २ को नाम र राजधानी : नेकपाको प्रस्तावित नाम ‘जानकी’ अस्वीकृत
टुडेपाटी-
जनकपुरधाम,चैत ४ गते ।
प्रदेश २ को नामाकरणको लागि पहिलो पटक नेकपाको प्रस्तावित नाम जानकी प्रदेशमा ३७ मत खसेको छ । प्रदेश २ को प्रदेश सभामा १ सय ७ सदस्य संख्या एवं मत मध्ये ३७ मत मात्र प्राप्त भएकोले जानकी नाम अस्वीकृत भएको छ । ७० मत जानकी प्रदेशको विपक्षमा परेको हो । नाम स्वीकृत हुन दुइतहाई बहुमत हुनुपर्छ । जसको लागि १ सय ७ सदस्य संख्या अर्थात मतको को ७२ मत अावश्यक पर्छ ।
नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र केही सांसदले मध्य मधेश नाम प्रस्ताव गरेका छन् । अब कांग्रेसको प्रस्तावित मिथिला भोजपुरा प्रदेशमा मतदान हुनेछ ।
प्रस्तावित चार नाम मध्ये पहिले नेकपाको प्रस्तावित नाम जानकी प्रदेशमा मतदान छ । यसमा दुईतिहाई बहुमत नपुगे क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ ।
प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन् । नामको टुंगोपछि अाजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ । प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन् ।
Sponsored