TodayPati

प्रचण्डले दायर गरेको पनरावलोकन निवेदनमाथि सर्वोच्च अदालतले आज निर्णय गर्दै

टुडेपाटी-

काठमाडौँ, चैत १९ गते ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने÷नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ ।

Sponsored

एमाले(माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

त्यसको विरुद्धमा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

यहि निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउनेरनबढाउनेबारे टुंगो लगाउनेछ । सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *