TodayPati

कोरोना संक्रमण फेरि उग्र रुपमा फैलिँदै, फ्रान्समा चार हप्ता लकडाउन घोषणा

एजेन्सी-

जनकपुरधाम, चैत १९ गते ।

कोरोना भाइरस महारीको संक्रमण बढेपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले फ्रान्समा लकडाउन घोषणा गरेका छन् ।

Sponsored

शनिबारदेखि लागु हनेगरी चार हप्ताका लागि उनले लकडाउन घोषणा गरेका हुन् ।

टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए ।

साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए ।

Sponsored

मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ ।

शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ ।

राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *