सीतामढीमा भेटिएका महोत्तरीका सात बालिका/युवतीलाई केहिबेरमा परिवारको जिम्मा लगाइदै
टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।
घाँस काट्न जाने बहानामा भारत बिहारको सीतामढी पुगेका महोत्तरीका सात बालिका/युवतीलाई केहिबेरमा घर फर्काइदै छ ।
भँगाहा नगरपालिका ८ धर्मपुराका सात नेपाली किशोरी तथा बालिकालाई केहीबेरमा नेपाल ल्याउन लागिएको महोत्तरीका सशस्त्र प्रहरीका एसपी सुरेश सापकोटाले बताए ।
उनका अनुसार उनीहरूको स्वास्थ्य परीक्षण र कागजी प्रक्रिया पूरा गर्दा नेपाल फर्काउन ढिलाइ भएको हो ।
भारतीय मानवअधिकारवादी संस्थाले स्वास्थ्य परीक्षणको माग गरेका कारण उनीहरूलाई नेपाल ल्याउन ढिलाइ भएको छ । उनीहरूलाई राति १० बजेसम्ममा नेपाल ल्याएर परिवारजनको जिम्मा लगाइउने एसपी सापकोटाले बताए ।
प्रारम्भिक चरणको अनुसन्धानमा कसैले उनीहरूलाई प्रलोभन दिएर लगेको देखिएको र नेपाल आइसकेपछि थप कुरा खुल्ने उनको भनाइ छ ।
Sponsored
बेपत्ता भएको थाहा पाएलगत्तै बोर्डर शील गरिएको थियो तर उनीहरू त्यसअघि नै बोर्डर क्रस गरिसकेका थिए । उनीहरू फेला परेको भनी सशस्त्र प्रहरीले बुधबार बिहानै थाहा पाएपछि किशोरी लिन महोतरीबाट नेपाल सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार सीतामढी पुगेको छ ।
घाँस लिन मंगलबार दिउँसो २ बजे ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएकी थिइन् ।
अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।
उनीहरु दिउँसो घाँस काट्न गएको बेला देखि बपता भएका थिए ।
हराएको थाहा पाए लगतै भंगहा नगरपालिका प्रमुख संजिव साह, महोत्तरी प्रहरी, स्थानीय बासिन्दाले खोजविन थालेका थिए ।