TodayPati

सर्लाहीमा युवकको घाँटी रेटेर हत्या गर्ने मामा र भान्जा सार्वजनिक

टुडेपाटी-
सर्लाही, चैत १८ गते ।

सर्लाहीमा घाँटी रेटेर युवकको हत्या गरेको आरोपमा पक्राउ गरी दुईजनालाई सार्वजनिक गरेको छ ।

  चैत १२ गते २५ वर्षीय सुशील यादवको शव मलंगवास्थित खेतमा घाँटी र शरीर छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।

Sponsored

हत्या आरोपमा प्रहरीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो ।  दुबैजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

मलंगवा–९ का स्थानीय ४५ वर्षीय कमल पण्डित ‘बाबा’ हुन् भने ४० वर्षीय अशोक भारतीय नागरिक हुन् । अशोक उनका भाञ्जा हुन् ।  मामा–भाञ्जा मिलेर सुशीलको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले बताए ।

चैत ११ मा साँझ मलंगवा नगरपालिका–१० स्थित विमलकान्त पाठकको घरमा लगेर गाँजा र नाइट्रोभेट ट्याब्लेट खुवाएर लठ्याएपछि सुशीलको हत्या गरिएको थियो ।   मलंगवाको जिविस चोकमा रहेको शिवम् होटलमा मदिरा र मासु खाएर निस्केका मामा–भाञ्जाले साइकलमा आएका सुशीललाई खुकुरीले घाँटी रेटेर हत्या  गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ ।

Sponsored

खुकुरी प्रहार गरेर घाँटी काटेपछि आरोपीले मृतकको शरीरमा बालुवा र माटो लगाएका थिए । खुकुरी घरमा ल्याएर सफा गरेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *