TodayPati

भीडभाड हुने सबैखाले कार्यक्रम रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

टुडेपाटी

काठमाडौं, चैत १८ गते ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ ।

Sponsored

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेका हुन् ।

संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको उनले बताए ।

नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *