TodayPati

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता, जोगियो पद

टुडेपाटी-

जनकपुरधाम, चैत १८ गते ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । प्रस्तावमा हस्ताक्षर गरेका झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् ।

Sponsored

सो पक्षका २२ जना सांसदले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानका‍री दिए । यसअघि सो समूहका २२ र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *