TodayPati

सीतामढीमा भेटिएका महोत्तरीका ७ बालिका/युवतीको बयान : ‘हामी गायिका बन्न जाँदै थियौं’

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

भारत बिहारको सीतामढीमा फेला परेकी महोत्तरीको भंगहाबाट बेपत्ता बालिका तथा युवतीहरुले गायिक बन्न जाँदै गरेको बयान दिएका छन् ।

सीतामढी प्रहरीले उनीहरु गायिका बन्न जाँदै गरेको बयान दिएको बताएको छ ।

Sponsored

उनीहरुलाई भारती प्रहरीले सीतामढी रेल्वे स्टेबाट फेला पारेको हो ।

उनीहरुको साथका अरुकोहि नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ ।

उनीहरुलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको बताएको छ ।

Sponsored

भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेकी छन् । उनीहरु मंगलबार दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएका थिए ।

अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।
उनीहरु दिउँसो घाँस काट्न गएको बेला देखि बपता भएका थिए ।

अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अाचार्य, मेयर साह सहितको टोलि धर्मपुर बस्ती पुगेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *