TodayPati

लहान मालपोतमा बम विस्फोट गराउने दुई युवक प्रहरीको फन्दामा

टुडेपाटी-
सिरहा, चैत १७ गते ।

गएको चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विस्फोटका योजनाकार भनिएका सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरी छन् ।

Sponsored

लाई प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलअनुसार पक्राउ परेका दुबैजनाले विस्फोट आफूहरुले गराएको स्वीकार गरिसकेका छन् । प्रहरीले मोलपोत कार्यालयमा जडित सिसि क्यामेराको भिडियोमार्फत विस्फोटमा संलग्नहरुको पहिचान गर्न सफल भएको उनले बताए । 

घटनास्थलमा भेटिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) को पर्चा, विस्फोटक राख्ने व्यक्ति लगायतको क्लूको आधारमा घटना अनुसन्धान गर्दा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी प्रमुख डीआजी धिरजप्रताप सिंहले बता ए।

Sponsored

घटना भएको १५ दिनमै विस्फोटमा संलग्न मुख्य योजनाकार पक्राउ गर्न सफल डीआइजी सिंह भन्छन्, ‘दुबै जनालाई हतियारसहित पक्राउ गर्न सफल भएका छौं । रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ भने अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ ।’  

पक्राउ परेका रामरिझन यसअघि दुई वटा बम विस्फोट अभियोगमा पक्राउ परी अदालतको आदेशबाट छुटिसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *