एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्च पुगे
टुडेपाटी-
काठमाडौँ, चैत १७ गते ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु पुनरावलोकन दिन सर्वोच्च अदालत पुगेका छन्।
पुनरावलोकन दिन उनी मंगलबार बिहान ११ बजे बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सहित सर्वोच्च अदालत पुगेका हुन्।
यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।
सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।
Sponsored