डा.सिके राउतलाई हिरासतमा लिन पक्राउ पुर्जी जारी, यस्तो छ उनले गरेको अपराध
टुडेपाटी-
जनकपुरधाम, चैत १६ गते ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राज्यविरुद्धको संगठित अपराधमा जिल्ला अदालत नवलपरासीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँगको सहमतिपछि एक वर्षअघि नै शान्तिपूर्ण राजनीतिमा आएका
उनी विरुद्ध गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले राउतविरुद्ध पक्राउ पुर्जी जारी गरको हो।
राउतको घर पत्ता नलागेको भन्दै अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। सोमबार प्रकाशित गोरखापत्रको १३ नम्बर पेजमा यो सूचना प्रकाशित छ।
Sponsored
राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो।
सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।