TodayPati

पर्सामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि, होली स्वास्थ्य सतर्कता अपनाएर मनाउन आग्रह

टुडेपाटी-
वीरगञ्ज, चैत १५ गते ।

पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २२ वर्षीय पुरुष, वडा नम्बर १० का ६० वर्षीय पुरुष, वडा नम्बर १३ का २५ वर्षीय पुरुष, वडा नम्बर १४ का २५ वर्षीय पुरुष र वडा नम्बर २५ का ६० वर्षीय पुरुष रहेका छन् ।

१९ जनाको थ्रोट स्वाब नमूना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

Sponsored

उनीहरूको सिटी भ्यालु २२.१ देखि ३१ सम्म रहेको छ ।

कोरोना महामारीको जोखिम बढ्दै गएकोले स्थानीय प्रशासनले होली पर्व स्वास्थ्य सतर्कताका साथ मनाउन आग्रह गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *