TodayPati

झा दम्पती हत्या प्रकरण : लास लुकाएको र जलाएको बाकससहित एकै परिवारका तीन पक्राउ

टुडेपाटी-

जनकपुरधाम, चैत १५ गते ।

महोत्तरीको पिपरा गाउँपालिका झा दम्पतीको हत्या काण्डमा एकै परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्या आरोपमा स्थानीय तरादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । गउको शुक्रबार तीनैजनालई प्रहरीले पक्राउ गरेको थियो ।

तारदेवीको घरमा घरबाट झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको बाकस (ट्रंक) र जलाएका दाउरा लगायतका सामग्री बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सोहि आधारमा तीनैजना घटनामा संलग्न देखिएकोले पक्राउ गरिएको उपरीक्षक आचार्यको भनाइ छ ।

Sponsored

स्थानीयका अनुसार तीनैजना झा दम्पतीका नातेदार हुन् । झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

अहिलेसम्म घटनामा सातजना पक्राउ परिसकेका छन् । घटनामा अझै केहि व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

गएको बिहीबार गाडेको अवस्थामा पीपरा गाउँपालिका २ अतरा जाने बाटोमा फेला परेको थियो । गएको फागुन १० गते राति सुतेको बेला ओछ्यानसहित झा दम्पतिलाई बेपत्ता बनाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *