TodayPati

३० वर्षे काठमाडौंवासीको सपना पूरा, पहिलो चरणमा आयो ४ करोड लिटर मेलम्चीको पानी


टुडेपाटी-
काठमाडौं, चैत १५ गते ।

उपत्यकाबासीको मेलम्चीको पानी काठमाडौं ल्याउने तीन दशकदेखिको सपना आज बल्ल पूरा भएको छ ।

आइतबार चाबहिल चुच्चेपाटीस्थित महांकाल चौरमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को ट्यांकीबाट पहिलो चरणमा ४ करोड लिटर पानी छोडिएको हो ।

Sponsored

आइतबार छोडिएको पानी महांकाल, अनामनगर, मीनभवन र खुमलटार क्षेत्रमा वितरण हुने केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए ।

आजको काम सफल भए दोस्रो चरणमा बालाजु क्षेत्रमा ६.५ करोड लिटर पानी छोडिने योजना केयूकेएलको छ ।

त्यो पनि सफल भए तेस्रो चरणमा महाराजगञ्जलगायतका क्षेत्रमा ८.५ करोड लिटर पानी छोडिनेछ ।

Sponsored

भनेअनुसार काममा सफलता मिले कुल १७ करोड लिटर मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउनेछ ।

निर्देशक शाक्यले मेलम्चीको पानीको सपना पूरा भएको बताए ।

उनले दक्षिण एसियामै एउटा उपत्यकाबाट अर्को उपत्यकामा पानी यसरी सुरुंगबाट ल्याएको पहिलो आयोजना भएको दाबी गरे ।

केयूकेएलका ग्राहक २ लाख ३० हजार जना अर्थात् यो संख्यामा धाराहरु छन् । एउटा धाराबराबर कम्तीमा १० जना लाभान्वित हुने केयूकेएलले जनाए ।

अहिले तत्कालै चाहेर पनि चौबीसै घण्टा पानी पुर्याउन नसक्ने शाक्यको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *