जनकपुरमा लावालस्करसहित परिक्रमा आउँदाको रौनक (फोटोफिचर)
टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा शनिबार जनकपुर आइपुगेका छन् ।
भारतको कल्नाबाट जनकपुर आइपुगेका परिक्रममा सहभागि लावालस्करसहितका हजारौं श्रद्धालुभक्तजन अहिले बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी लगायतमा बास बसेका छन् ।
श्रद्धालुभक्तजन भोलि अन्तगर गृह परिक्रमा गरेर विधिवत समापन गरी घर फर्किन बासबसेपछि शनिबार दिउँसो जनकपुरमा मेला नै लागेको थियो ।
बजारमा जताततै परिक्रमा यात्री र परिक्रमा हेर्न तथा अन्तरगृह परिक्रममा सहभागि हुन जनकपुर आइपुगेका श्रद्धालुहरु खचाखच भरिएको थियो । बाह्रविघा मैदानमा श्रद्धालुले झुण्ड्याएको पालैपाल, राखेको बन्दोबस्तीका समानले आकर्षक देखिन्थ्यो ।
त्यसमा साधुशन्तको झाकी तथा भजन कीर्तन, सांस्कृतिक कार्यक्रम र खेलतमासाले बाह्रविघा मैदानमा रौनकता थपेको थियो ।
Sponsored
यस्तो छ जनकपुरको रौनक