TodayPati

बाह्रविघा मैदानमा परिक्रमा यात्रीको बिजोग : न शौचालय, न बिजुलीबत्ती

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।


वृहत्तर क्षेत्र विकास परिष जनकपुर र जनकपुरधाम उपमहानगरपालिकाको उदासिन्ताले परिक्रममा सहभागि श्रद्धालुको बिजोग भएको छ । शनिबार जनकपुर फर्केर हजारौं परिक्रमा यात्री बास बसेको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा शौचालय र विजुलीबत्ती अत्तोपत्तो छैन ।

बाह्रविघा मैदानमा वृहत्तरले जडान गरेको मास्कलाईट महिनौदेखि बिग्रेको छ भने विजुलीबत्तीको अन्य कुनै बैकल्पिक उपाय समेत नगर्दा श्रद्धालु अन्धकारमा बस्न बाध्यछन् । यस्तै अन्य वर्षमा परिक्रमा यात्री आउँदा निर्माण गरिने अस्थायी शौचालय पनि यसपटक निर्माण गरिएको छैन । बिजुलीबत्ती, शौचालय र खानेपानीको व्यवस्थापन नगर्दा बासबस्न गह्रो भएको श्रद्धालुहरुले गुनासो गरेका छन् ।

Sponsored

धर्मसंकृति तथा धार्मिक स्थलको संरक्षण सम्बद्र्धनको नाममा अर्बौ रुपैयाँ खर्चिने बृहत्तर क्षेत्र विकास परिषद पछिल्लो समय परिक्रमा यात्रीको व्यवस्थापन तथा विवाहपञ्चमी महोत्सवमा बेपरवाह बन्ने गरेको छ ।

बाह्रविघाको दक्षिण पूर्वी कुनामा निर्माण गरिएको शौचालय मात्र संचालनमा छ । त्यो शौचालय हजारौं श्रद्धालुको लागि हातीको मुखमा जिरा भन्ने उखान जस्तै भएको छ । शौचालयको अभावमा श्रद्धालुहरु खुल्ला स्थानमा दिशापिसाव गर्न बाध्य छन् । बिजुली बत्ती नहुँदा कोहि श्रद्धालु टुकी बालेर त कोहि अध्याँरोमै जसोतसो बास बसिरहेका छन् भने खाने पानीको व्यवस्थापन गरेको समेत देखिएको छैन ।

वृहत्तर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरले महिनौ पहिले मास्कलाई बिग्रिको बताउँदै त्यसको मर्मतको लागि भारतीय राजदुताबासमा पत्र लेखेको जानकारी दिए । उनले अर्को बैकल्पिक व्यवस्थाका लागि दुईवटा लाईट जडान गरिएको दावी गरे । यधपी बाह्रविघा बाहिर सडक छेउमा काँहीकतै जडान भएको बिजुल बत्तीले यात्रुलाई केहि राहत भएको छ ।

Sponsored

शौचालयको अभावको विषयमा उनले बाह्रविघा मैदानको दक्षिण पूर्व कुनामा निार्मण गरिएको स्थायी शौचालयमा ४० वटाभन्द बढी सिट रहेको र सोहि संचालनमा रहेको दावी गरे । अस्थायी शौचालय बनाउँदा तुरन्तै भर्ने र घिनलाग्नो हुने गरेको कारण यसपटक त्यसको व्यवस्था नगरको उनको र्तक छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र वडाध्यक्षसंग फोनमा समन्वय नहुँदा परिक्रमा यात्रुको व्यवस्थापनमा केहि कमीकमजोरी भएको स्वीकार गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *