TodayPati

प्रदेश २ मा काँग्रेस महिला विभागको भेला : पार्टी मजबुत बनाउन महिलालाई अग्रसता देखाउनुपर्नेमा जोड

टुडेपाटी-

जनकपुरधाम, चैत १४ गते ।

नेपाली काँग्रेसलाई मधेसमा मजबुत बनाउन महिलाहरुले अग्रसरता देखाउनुपर्नेमा प्रशिक्षकहरुले जोड दिएका छन् ।

Sponsored

नेपाली काँग्रेस केन्द्रिय महिला विभागले जनकपुरमा अयोजना गरेको प्रदेश स्तरिय महिला भेला तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुले पार्टीलाई मजबुत तथा मुलुकमा लोकतन्त्र, समावेशीता, विकास र राजनैतिक स्थितीरताकालागि मधेसका महिलाहरुलाई अग्रसरता देखाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रशिक्षणको क्रममा राष्ट्रियसभा सदस्य जितेन्द्र देवले कुनैबेला काँग्रेसको गढ रहेको मधेसमा फेरि पार्टीलाई बलियो बनाउन महिलाको प्रतिनिधित्व तथा सक्रिय भूमिका आवश्यक रहेको औँल्याए ।

काँग्रेस र मधेस शिर्षकमा प्रशिक्षण दिँदै नेता देवले नेताहरुले गरेको भ्रष्टाचारका कारण मधेसमा विकास हुन नसकेको र पछोटेपनको शिकार भएको बताए ।

Sponsored

विभागकी अध्यक्ष ईश्वरी न्यौपानेले पार्टीको विधानमा महिलाको आरक्षणको व्यवस्था भएपनि त्यस हिसाबले प्रतिनिधित्व हुन नसकेकाले महिलाहरु जागरुक हुनुपर्ने बताइन् ।

भेलामा महिलाहरुले राखेका समस्याहरु सामाधानकालागि काँग्रेसले पहल गर्ने उनको भनाइ थियो ।

विभागकी सचिव लक्ष्मि खतिवडाले पार्टीको सिद्धान्तमा धेरै महिला जोडिन नसकेको बताउँदै विधान र संविधानमा लेखेका कुरा जानकारी गराउन र मुलधारको राजनीतिमा बलियो उ पस्थितीका निम्ति भेला आयोजना गरिएको बताइन् ।

‘महिलालाई आधारभूत कुराको जानकारी, तालिम, राजीतिको मुल प्रबाहसँग नजोड्ने हो भने ३३ प्रतिशतको नारा खोक्रो नारामा परिणत हुन जान्छ । महिलाको हकअधिकारका बोरेमा बताउन र सचेत बनाउन भेला आयोजना गरिएको हो,’ उनले भनिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *