सिरहाका ९ बिरामीमा कोरोनाको आशंका, थप परीक्षणका लागि जनकपुर ल्याइयो
टुडेपाटी-
सिरहा, चैत ३ गते ।
महामारीको रूपमा विश्व भरीनै फैलिएको कोरोना भाइरसको संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहाको सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले बताएका छन् ।
केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले जानकारी दिए ।
उनका अनुसार उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका कामतीको भनाइ छ ।
उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष कामतीले बताए ।
Sponsored
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको जनाइएको छ ।