सर्लाहीमा टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा एक युवकको शव फेला
टुडेपाटी-
सर्लाही, चैत १२ गते ।
सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला परेको छ ।
बिहीबार सर्लाहीको मलगंवा नगरपालिका १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले बताए । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।