भारतमा कोरोना महामारीले फेरि त्रासको माहोल : एकैदिन ५३ हजार बढी संक्रमित भेटिए
एजेन्सी-
जनकपुरधाम, चैत १२ गते ।
भारतमा कोरोना भाइरसको महामारीले पुन त्रास फैलाएको छ ।
बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
पाँच महिनाको अवधिमा भारतमा बुधबार एकैदिन ५० हजार बढी संक्रमित फेला परेका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५३ हजार ४७६ नयाँ संक्रमित फेला परेका छन् । २ सय ५१ जनाको मृत्यु भएको छ ।
Sponsored
साथै २६ हजार ४९० जनाले कोरोना जितेका छन् । भारतमा हालसम्म १ करोड १७ लाख ८७ हजार ५३४ जना कोरोनाबाट संक्रमित भएका छन् ।
अहिले एक्टिभ संक्रमितको संख्या ३ लाख ९५ हजार १९२ जना रहेको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६० हजार ६९२ जनाको मृत्यु भैसकेको छ ।
भारतमा हालसम्म ५ करोड ३१ लाख ४५ हजार ७०९ जनाले कोरोना खोप लगाइसकेका छन् ।
होलीको मुखमा फैलिएको कोरोना महामारीका कारण सरकार चिन्तित देखिएको छ ।